शहिद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । यसक्रममा हरेक क्लबका प्रशिक्षकले लिगअघि आफ्नो तयारी र लक्ष्यबारे धारणा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ए डिभिजन लिगका लागि तयारी तिव्रबनाएको जनाएका हुन् । पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका, प्रशिक्षक प्रवेश कटुवालले झन्डै ३ साता प्रशिक्षण गरेको बताउनुभयो । टिममा स्टार खेलाडी अनुबन्ध गरेको भन्दै उहाले तयारीमा सोचेजस्तो समय नपाएपनि उपाधिको लागि खेल्ने बताउनुभयो ।

त्यस्तै मच्छिन्द्रका कप्तान विराज मर्हजनले नयाँ क्लबमा आउँदा एकदम उच्च मनोबल रहेको बताउनुभयो । लिग उपाधिको लक्ष्य लिएर नै अगाडी बढेको उहाले बताउनुभयो । त्यस्तै नेपाल पुलिस क्लबका व्यस्थापक भरत शाहले नियमित तयारी भइरहेको बताउनुभयो । संस्थाको ड्युटीका कारण तयारी पर्याप्त नरहेपनि मैदानमा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने उहाले बताउनुभयो । न्यू रोड टिम (एनआरटि)का प्रशिक्षक राजुकाजी शाक्यले यसपटक राम्रो प्रदर्शन गरेर राम्रै स्थान हासिल गर्ने आशा रहेको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताउनुभयो । त्यस्तै अन्य टिमका प्रशिक्षकहरुले पनि उपाधी जित्नेगरि तयारी गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार