पोखरा प्रिमिएर लिग (पीपीएल)को उद्घघाटन आईतबार हुने भएको छ । पीपीएलको आयोजक कुइन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिका अनुसार भोलि हुने भनिएको उद्घाटन एकदिन पछि सारिएको हो । पीपीएलको ट्रफी सार्वजनिक गर्दै प्रबन्ध निर्देशक छुम्बी लामाले मौसम प्रतिकुलताका कारण खेलको मिति सार्नुपरेको बताउनुभयो ।

पिपिएलको उद्घघाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्स खेल्ने छन् । पुस १२ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमहरुले सहभागिता जनाउने छन् । यस संकरणको पीपीएल विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउने छ भने, दोस्रो हुनेले १० लाख रुपैया पाउने छ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार