१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा गराइएको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप सदस्य सचिब रमेश सिलवालले फूलमाला र अविर लगाएर नगर परिक्रमाको सुरुवात गरिएको थियो ।

पदाधिकारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय भएको थियो । तर बर्षाले नगरपरिक्रमालाई नै प्रभावित पारेपछि रुट छोट्टाइएको थियो । नगरपरिक्रमा त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुनः त्रिपुरेश्वर आएर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार