काठमाण्डौ, पोखरा र जनकपुरमा जारी १३ औँ संस्करको दक्षिण एशियाली खेलुकद सागको पदक तालिकामा अहिले सम्म भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगीतामा भारतले अहिलेसम्म १ सय १० स्वर्ण सहित २ सय १४ पदक जितिसकेको छ भने दोस्रो स्थानमा रहेको नेपालले ४३ स्वर्ण सहित १ सय ४२ पदक जितेको छ । यस्तै श्रीलंका ३० स्वर्ण सहित १ सय ७० पदकका साथ ते्रसो, २३ स्वर्ण सहित ८७ पदकका साथ पाकिस्तान चौठो, ७ स्वर्ण सहित ८४ पदकका साथ बंगलादेश पाँचौ, १ स्वर्ण सहित ३ पदकका साथ माल्दिभ्स छैठौ र ६ काश्य पदक मात्र प्राप्त गरेको भुटान पदक तालिकाको सातौँ स्थानमा रहेको छ । साग अन्तरगतका विभिन्न खेलहरु २४ गते सम्म जारी रहने छन् ।




