उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । घरेलु भूमिमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको नीमाले सुनाइन् । उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् । नीमाले नेपालका लागि अझै धेरै पदक जित्ने इच्छा रहेको सुनाइन् ।




