धावक दीपक अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद सागको एथ्लेटिक्सको पुरुष १० हजार मिटरमा कास्य पदक जितेका छन् । दीपकले निर्धारित दुरी ३० मिनेट ५० दशमलव ०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । भारतका सुरेश कुमारले २९ मिनेट ३३ दशमलव ६१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जिते । दोस्रो स्थानमा श्रीलंकाका शान मुगेश्वरन रहे ।

उनले ३० मिनेट ४९ दशमवल २० सेकेन्डमा दुरी पुरा गर्दै दीपकलाई १ सेकेन्डभन्दा कम समयले पछि पारे । साग खेलकुदको एथ्लेटिक्सको पुरुष २०० मिटर दौडमा भने आशिष चौधरी, आनन्ददेव चौधरी हिटबाटै बाहिरीए । यस्तै महिलामा कृष्णा चौधरी पनि हिट चरण पार गर्न सकेनन् । यसअघि सोमबार भएको स्पर्धामामा पुरुष एक सय मिटरमा नेपाली खेलाडी हिट चरणबाट नै बाहिरीएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार