१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।
नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरिन् । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदा दिए ।
उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए ।




