तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार विहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघी मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै बिजयी भएको थियो । बुधबारको खेलमा टस हारेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन मात्र जोडेको थियो । ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले विना क्षेति ७.४ ओभरमै जित निकाल्यो । ४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर नेपालको महत्वपूर्ण ४ विकेट हत्याउने रबेया खान प्लेयर अफ दी म्याच घोषित भइन् ।




