आगामी मंसिर ५ र ६ गते काठमाडौंमा हुने उर्जा सम्मलेलन २०१९ को तयारी पुरा भएको स्वतन्त्र उर्जा उत्पादक हरुको संस्था (इपान)ले जनाएको छ । इपानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातौं संस्करणका रुपमा उक्त सम्मेलन आयोजना हुन लागेको जनाएको हो । सम्मेलनबाट नेपालको उर्जा क्षेत्रको विकास एवं विस्तार पुग्ने विश्वास लिईएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले बताउनुभयो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च कर्मचारीहरु नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धी र अनुभवको साँटासाट हुने उहाले बताउनुभयो । सम्मेलनमा संघिय नेपालमा विद्युत विकास, अन्तरदेशीय व्यापार तथा प्रशारण पूर्वाधार, विद्युत क्षेत्रमा आवस्यक लगानी, बजार विस्तार, दिगो तथा सहभागितामुलक जलविद्युत विकास, विद्युत् क्षेत्रको नियमनलगायत विषयमा बहस तथा छलफल हुने गुरागाँईले जानकारी दिनुभयो । सम्मेलनमा बिभिन्न संस्थासंग ऊर्जाका बिषयमा सम्झौता समेत हुने आयोजक इपानले जनाएको छ ।




