गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा वारजोन स्थापना गर्ने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हरेक जिल्लाको गतिविधि जानकारी लिनको लागि अब छिट्टै वारजोन स्थापना गर्ने बताउनुभयो । यू.एन.डी.पी.को सहयोमा प्रदेशका जिल्लाहरुमा वारजोन स्थापना गरिने उहाँले जानकारी दिनुभयो । श्रमजिबी पत्रकारहरुको विधयक आएको भएपनि हालसम्म पासहुन नसकेको सभामुख अधिकारीले बताउनुभयो । श्रमजिबी पत्रकारको जटिल समस्या रहेको उल्लेख गर्दै उहाँले प्रदेश सभाको तर्फबाट संसदीय पत्रकारहरुको हकमा सहयोग गर्न सकिने बताउनुभयो । संसदका कुनै पनि गतिविधिका सुचना पाउने अधिकार पत्रकारलाई भएको सभामुख अधिकारीले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकीका सचिव इन्द्र पौडेलले कर्मचारी तन्त्रले संघियता कान्वयनमा असर परेको आरोप लगाउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका धेरै संघ संस्था भएपनि पत्रकारको हकहित र उनीहरुको क्षमता अभिबृद्धि गर्ने काममा खासै ध्यान नदिएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले विट पत्रकारिताको माग बढि राखेको अबस्थामा दक्ष पत्रकारको कमी भएको बताउनुभयो । सञ्चारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष स्मिता अधिकारीले सरकारी कर्मचारीहरुलाई प्रेस जगतको महत्व बिषयमा प्रशिक्षण गराउनु पर्ने बताउनुभयो । मञ्चमा हाल २१ जना पत्रकार आवद्ध रहेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार