कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७६ को नतिजा सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा संचालित उपहार कुपन कार्यक्रममा सहभागी मध्ये कुपन नं. ३०३५९ लाई प्रथम पुरस्कार परेको छ । यस्तै कुपन नं. ०९३१० लाई द्धितिय र कुपन नं. ३१९८६ लाई तृतिय पुरस्कार परेको छ । एशोसियसनका अनुसार विजेताले पुरस्कार नगद रु.५० हजार, उपविजेताले नगद रु.३० हजार र तृतिय हुने ग्रहाकलाई नगद रु. २० हजार प्रदान गरिने छ ।
यस्तै कुपन नं. २१९९९, २९७८१, ३२०७९, ११००५, १८९७१, २६७७२, १५४३०, ०७१३७, ३३०४७ र ३०७३२ लाई सान्त्वना पुरस्कार परेको छ । उनिहरु सान्त्वना पुरस्कार स्वरुप आकर्षक पुरस्कार प्रदान गरिने उपहार कुपन कार्यक्रमका संयोजक एंव एशोसियसनका महासचिव धर्ममानसिंह भण्डारीले बताउनुभयो । ४० हजार भन्दा धेरै ग्रहाकहरुले प्रत्यक्ष सहभागीता जनाएको उक्त कार्यक्रम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति सहयोगार्थ संचालन गरिएको एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले व्यवसायीहरु राज्यको अनुचित कर प्रणलीका कारण समस्यामा रहेको उल्लेख गर्दै व्यवसायीक हितका खातिर आफुहरु चिन्तित रहेको बताउनुभयो । व्यवसायीका समस्याहरु समाधानका लागि सम्बन्धित निकायमा आवाश्यक समन्वयका लागि आफुहले सहयोग गर्ने अध्यक्ष लामिछानेले बताउनुभयो । पोखरा उद्योग वाणीज्य संघकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले उपभोक्ताहरुको हितमा व्यवसायीहरुले सामाजिक उत्तरदायित्वको समेत ख्याल गर्दै उपहार कुपन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको प्रति खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष नविन नापित, पुर्व अध्यक्ष रामचन्द्र गौतम र कस्मेटिक व्यवसायी संघका अध्यक्ष उमापति ढकाल लगायतले बोल्नुभएको थियो । एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ र संचालन सचिव रामचन्द्र तिमिल्सीनाले गर्नुभएको थियो ।




