सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल तनहुँको संयोजकमा ईश्वर बस्याललाई जिम्मेवारी तोकिएको संघले जनाएको छ । देशभरि संघको संयोजक र सहसंयोजक टुङ्गो लगाएको युवा संघले तनहुँमा पुर्व वाईसिएलका जिल्ला अध्यक्ष बस्याललाई संयोजक तोकेको हो । यस्तै जिल्लाको सहसंयोजकमा पुर्व युवासंघको तर्फबाट भगवान श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । पार्टी एकताको लामो समयपछि पार्टीले ७७ जिल्लामा युवाहरुको संगठन वाईसिएल र युवा संघलाई एकिकरण गर्दै राष्ट्रिय युवा संघ नेपाल गठन गरेको हो । संयोजक र सहसंयोजक मात्र तोकिएको भएपनि बाँकी कार्यसमिति भने पछि मात्रै विस्तार गरिने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार