१३ औं साग का एन्टी डोपिङ संयोजक डा. सरोज कृष्ण श्रेष्ठले यस बर्ष आउँदो मंसिर १५ देखि सुरु हुने सागमा सहभागि केही खेलका खेलाडीहरुको जोपिङ (प्रतिबन्धित शत्तिबद्र्धक लागु औषध प्रयोग) परिक्षण गरिने बताएकाछन्। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा ललितपुरको गोदावारीमा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा हालै सम्पन्न भएको १३ औं साग मिडिया कार्यशालामा सहजीकरण गर्दै डा. श्रेष्ठले यस बर्षको सागमा करिब एक सय ५० देखि २ सय जना खेलाडरुको डोपिङ परिक्षण गरिने बताएका हुन्। एक पटक प्रयोग भएको डोपिङको प्रभाव करिब एक बर्ष ६ महिनासम्म त्यसले प्रभावित पार्न सक्ने बताउदै डा. श्रेष्ठले डोपिङको प्रयोगलाई अन्त्य गर्न आफुहरुले यस बर्ष नेपालमा हुने सागमा विभिन्न खेलका खेलाडीहरुको डोपिङ परिक्षण गरिने जनाए । उनले भने “ यदि कुुनै खेलाडीले डोपिङ प्रयोग गरी कुनै पदक वा पुरस्कार जितेमा त्यसको पुष्टि भएमा पदक तथा पुरस्कार खोसिएसंगै डोपिङ प्रयोग गर्ने खेलाडीलाई ४ बर्षसम्म प्रतिबन्ध गरिने छ ।”

डोपिङ प्रयोग गर्नु शतप्रतिशत त्यसको साइडइफेक्ट हुने भएको उनले जनाए । नेपालमा डोपिङ परिक्षण गर्ने दक्ष जनशत्ति अभावले गर्दा यसको धेरै परिक्षण हुन नपाएको डा. श्रेष्ठले जनाए । रेकर्ड ब्रेक गर्ने, अनौंठो ढंगबाढ नतिजा ल्याउने, शंकास्पद खेलाडी र केही सामान्य अबस्थाका खेलाडीहरुमा डोपिङ परिक्षण गरिने भएको उनले जनाए । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मंगलबार उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा र काठमाण्डौंका केही पत्रकारले साग लक्षित नकरात्मक ढंगले आफ्नो बिरुद्ध समाचार लेख्ने र टिप्पर्णी गर्ने गरेको गुनासो गरे । २०७२ सालमा हुने साग भूकम्पबाट प्रभावित भए पश्चात दुई बर्ष पछि २०७४ मा हुनु पर्नेमा बक्यौंता जिम्मेवार आफुले पुरा गर्ने बाटोमा रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने “ वर्तमान सरकार गठनको डेढ बर्ष पुरा भएको छ, हामीले साग निर्धारित मितिमा हुने गरी हाल लागि राखेका छौं, अन्तिम घडिमा दिन गणना गर्दा केही भौतिक पुर्वाधार निर्माण गर्न नसकिने भएर हामीले साँझ बिहान र रातीको समयलाई समेत जोड्ने गरी काम गर्न लागेका छौं ।”

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले १३ औं साग नेपालको इज्जत र प्रतिष्ठानसंग जोडिएकोले यसलाई सकरात्मक ढंगले हेरीदिन आग्रह गरे । नेपालका करिब ७ सय जना खेलाडीहरु सागमा सहभागि हुने उनले जनाए । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीहरुको मनोवल उच्च पार्ने गरी संचार माध्यममले भुमिका खेल्न आग्रह गरे । खेलाडीहरुमा मनो वैज्ञानिक प्रशिक्षण आवश्यक हुने उनले जनाए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साग लक्षित पोखरामा निर्माण हुदै गरेका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य मंसिर १० गते भित्र सकिने दाबी गरे । केही पत्रकारहरु नकरात्मक ढंगले लागेको उल्लेख गर्दै पत्रकार सकरात्मक हुनु जरुरी रहेको उनले जनाए । अग्रज पत्रकार रामकृष्ण रेग्मी, प्रकाश रिमाल, शवनयकन, पत्रकार हिमेशरत्न बर्ज्रचार्य, विकास कार्की लगायतले सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले सागलाई लक्षित गरी रिपोटिङ गर्न सहज हुने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाए । उनका अनुसार काठमाण्डौं, पोखरा र जनकपुरमा हुुने सागमा ५ वटा मिडिया सेन्टर स्थापना गरिने भएको जनाए । सागका पोखरामा ९ खेल हुने भएको छ भने जनकपुरमा कुस्ती हुने भएको छ भने बाँकी खेल काठमाण्डौंमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार