नेपालमा हुने तय भएको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चित भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो । सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसंगै साग निर्धा्रित मितिमै हुने पक्का भएको हो । १३ औ संस्करणको साग मंसिर १५ गते २४ गतेसम्म नेपालमा आयोजना हुदैछ । बैठकमा नेपालले प्रतियोगिताको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने प्रतिबद्वता जनाएसंगै सहभागी सदस्य राष्ट्र समेत साग आयोजनामा विश्वस्त देखिएका थिए । बैठकमा सहभागिहरुलाई सम्बोधन गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले तयारी अन्तिम चरणमा पुगसकेको र खेलाडी, पदाधिकारीहरुलाई स्वागत गर्न नेपाल लालयीत भएको प्रतिक्रिया दिनुभयो ।
सागलाई भब्य रुपमा आयोजना गर्ने उद्धेश्यका साथ तयारी तीब्र गरिएको उहाले जानकारी दिनुभयो । त्यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको प्रतिबद्वतापछि सहभागी राष्ट्र आश्वस्त भएको बताउनुभयो । अब भब्यसंग साग सम्पन्न गर्ने दिशामा सबै लाग्नुपर्ने उहाले बताउनुभयो । बैठकमा राखेप सदस्य सचिव रमेश सिलवालले हप्तादिन भित्रमा पुर्वाधार निर्माणको काम सक्ने प्रतिबद्वता बैठकमा राख्नुभएको थियो । बैठकले १४ औं संस्करणको साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त रुपमा आयोजना गर्ने दाबी गरेका छन् । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।




