स्वाभिमान सहकारी सस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण कार्कीले सेयर सदस्यहरु एकाताबद्ध भई कृषी र अन्य व्यवसायका लागि सहकारी स्वालम्बी, स्वरोजगारमा लागि परेको बताउदै संस्थाले वित्तिय कारोबार मात्र नभई गैर–वित्तिय कार्यक्रमलाई पनि जोड दिदै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालीकाका प्रमुख मान बहादुर जिसीले सहकारीको विकासले आर्थिक समृद्धिमा टेवा पुगेको बताउनुभयो । सहकारीको उल्लेखनिय भूमिकाले महानगरबासीको जीवनस्तर उकास्नका लागि पुगेको सहयोगकोे प्रशंसा गर्नुभयो । मानव स्वास्थ्यको संवेदनशिलताको ख्याल राख्दै विमा अभियानलाई पनि साथै लैजानका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

पोखरा महानगरपालीका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीले स्वाभिमान सहकारीले अन्य सहकारी भन्दा फरक पहिचान बनाउन सफल भएको बताउनुभयो । क्षेत्री महिला समाजका अध्यक्ष उर्मिला खड्का भण्डारीले समुदायबिच भाईचाराको विकास गरी आर्थिक उन्नतीका लागि सहकारी लागि परेको बताउनुभयो । संस्थामा उपाध्यक्ष बिमला भण्डारीले व्यावसायिक विकास र सहकारीको जर्गेना गर्दै सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । स्वाभिमानमा महिलाहरुको संख्या बढि भएका कारण पनि बचत गर्नुपर्छ भन्ने भाव महिलामा बढि भएको देखिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा असल निक्षेपकर्ताको रुपमा भेषकुमारी खत्री थापा, खमबहादुर केसी, असल कर्जाग्राही राजिव केसी र तुलजा कार्की र सेयर सदस्य सम्मानमा भगवती महतले गर्नुभएको थियो । सोही कार्यक्रममा १२ कक्षा उतिर्ण गरेका विद्यार्थी सागर केसी र निरज क्षेत्रीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बार्षिक प्रतिवेदन अध्यक्ष लक्ष्मण कार्किले ,सचिवको प्रतिवेदन कृष्णबहादुर थापाले, लेखा तथा सूपरिबेक्षण समितिको प्रतिवेदन लेखा संयोजक बेद बहादुर थापाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमल बहादुर रेग्मीले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सेयर सदस्यको तर्फबाट इन्दिरा कार्की र राजेन्द्र बहादुर थापा, छिमेकी सहकारीको तर्फबाट शितला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सोभित कार्कि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन लेखा समिति सदस्य अर्चना बस्नेतले गर्नुभएको थियो । सो सहकारीमा ८ सय ४३ जना सेयर सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार