वैकल्पिक तथा नवीकरणीय उर्जाको क्षेत्रमा विगतका तुलनामा केही प्रगती भइरहे पनि लक्ष्य अनुरुपको उपलब्धि हासिल हुन नसकेको उर्जा विशेषज्ञहरुले बताएका छन् । ललितपुरमा आज आयोजित उर्जा सम्बन्धी गोलमेच सम्मेलनमा सहभागी उर्जाविद्हरुले सरकारको पर्याप्त गृहकार्य हन नसक्नु मुख्य कमजोरी भएको धारणा राखे ।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि उर्जाको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले वैकल्पिक र नवीकरणीय उर्जाको विकासका लागि प्राधिकरण नीजि क्षेत्रलाई सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । हालसम्म देशको कुल उर्जा समिश्रणमा नवीकरणीय उर्जाको हिस्सा ३ दशमलव २ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार