ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले नेपालमा व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण भएको बताउनुभएको छ । लाफा ग्रुप लिमिटेडको दोश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाले व्यवसायमैत्री वातावरण बनाउन सरकार तत्पर रहेको पनि बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सरकार अघि बढेको भन्दै मन्त्री पुनले यसका लागी व्यवसायको क्षेत्रको बिकास हुनै पर्ने जिकिर गर्नुभयो । उहाले आर्थिक बिकास बढ्दै गएकाले नेपालमा व्यवसाय फस्टाउदै गएको तर्क गर्नुभयो । उहाले अपर त्रिशुली आयोजनामा ९ वटा बिदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धता जनाएको सुनाउदै नेपालमा लगानी गर्न विश्व समूदाय उत्सुक रहेको बताउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले नेपालका संस्थाहरु सामाजिक सेवा पनि क्रियाशिल हुनु सकारात्मक बिषय रहेको बताउनुभयो ।




