असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन अजरबैजानको बाकुमा आजदेखी सुरु हुदैछ । सो सम्मेलनमा सहभागी हुन नेपाल प्रधानमन्त्री केपि शर्मा ओली बिहिबार अबेर राति त्यहाँ पुगेका छन् ।उनि २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु पुगेका हुन् । प्रधानमन्त्री ओलीले आज (नाम) शिखर सम्मेलन अन्तर्गत समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।आजै साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथम सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा समेत प्रधानमन्त्री ओली सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ । प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्कनेछन् ।
असंलग्न आन्दोलनका राष्ट्र प्रमुखहरूको १८ औँ शिखर सम्मेलन बाकुमा आजदेखी सुरु हुदै




