गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पुर्वाधारको अप्रर्याप्तताका कारण पर्यटन विकासमा अपेक्षित उपलब्धि हाषिल गर्न नसकिएको बताउनुभएको छ । मन्त्रालयद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

गण्डकी प्रदेशमा पर्यटन विकासका कयौ सम्भावनाहरु रहेको भएतापनि विद्यमान पुर्वाधारको समस्याका कारण आफुहरुले घोषण गरेका कतिपय कार्यक्रमहरु समेत कार्यान्वयन गर्न नसकिएको मन्त्री लम्सालले बताउनुभयो । तर, प्रदेशको पर्यटन विकासका खातिर आफुहरुको निरन्तर प्रयास जारी रहेको उहाँले बताउनुभयो । प्रदेशका ८५ वटै स्थानिय तहहरुलाई समेत पर्यटनमा लगानी गर्न आग्रह गरिएको मन्त्री लम्सालले उल्लेख गर्नुभयो । पछिल्लो समय मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउदै उहाँले निजिक्षेत्रलाई आवाश्यक सहयोग गर्न समेत तयार रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशले मनाईरहेको आन्तरिक भ्रमण वर्षका कारण नेपालीहरुमा घुम्ने संस्कृतिको विकास भएको उहाँले बताउनुभयो । प्रदेशका ११ वटै जिल्लाहरु भुगोलका हिषावले समेत विविधतायुक्त रहेको उल्ल्लेख गर्दै उहाँले ति जिल्लाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिषावले पर्यटन प्रवद्र्धन गर्नु पर्ने आवाश्यकतमा जोड दिनुभयो । प्रदेशका महत्वपुर्ण स्थानहरुमा रहेका पदमार्गको संरक्षण तथा विकास गर्दै नयाँ पदमार्गको खोजि समेत थालिएको मन्त्री लम्सालले बताउनुभयो । ग्रामिण पर्यटन विकासका लागी गाँउ गाँउमा होमस्टे (घरबास कार्यक्रम) संचालन गरिएकाले नागरीकको आर्थीक अवस्था सुधारका प्रयासहरु थालिएको मन्त्री लम्सालले बताउनुभयो । पोखराको गहनाका रुपमा रहेको फेवाताल संरक्षण र हरियाली प्रवद्र्धनका लागि सिमांकन पर्खिएको बताउनुभयो । फेवातालको सिमांकन पश्चात फेवाताल संरक्षणका ठोष कदमहरु चालिने मन्त्री लम्सालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार