नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामाको घोषणा गरेका पारस खड्काले संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने टी–१० लिग खेल्ने भएका छन् । पारसले अबुधावी टोलीबाट टी–१० खेल्न लागेको अबुधावीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको छ । टी–१० को ड्राफ्ट र खेलाडी अनुबन्ध एक साता अघिनै भएको थियो । अबुधावीले आफ्नो टोलीमा पारसको फोटो समेत राखेर सार्वजनिक गरिसकेको छ । पारसले अबुधावीबाट खेल्दा १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । उता टी–१० का लागि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई भने कर्नाटक टस्कर्सले अनुबन्ध गरेको छ । सन्दीपले भने ४५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।




