पोखराको पर्यटकिय क्षेत्र लेखसाईडमा अन्तराष्ट्रिय स्तरको जिम हल संचालनमा आएको छ । युवा व्यवसायीहरु बैभव पौडेल र केशब उदासको संयुक्त लगानीमा बब्स जीम लेकसिटि नामक जीम हल संचालनमा आएको हो । २१ औ शताब्दीको व्यस्त शहरी जीवन र खानपानका कारण कमजोर बन्दै गएको मानव सवस्थ्यको प्रवद्र्धनका लागि पोखराका अन्तराष्ट्रिय स्तरको आधुनिक जीमहल संचालनमा ल्याएको संचालक उदासले जानकारी दिनुभयो । जीम हलमा अन्तराष्ट्रिय स्तरका आधुनिक मेशिनहरु, शान्त वातावरण, अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकहरुद्धारा तौल घटाउने, आवाश्यकता अनुसारको शारिरीक बनावट र जुम्बा डान्स लगायतको व्यवस्था गरिएको उदाले बताउनुभयो ।
जीमहलमा तिन करोड लगानी गरिएको अर्का संचालक बैभव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा सवैभन्दा धेरै र अन्तराष्ट्रिय स्तरको कार्डियोलाई मध्यनजर गरि १२ वटा कार्डियो मेशिन सहित करिब ५० वटा अत्याधुनिक व्यायम मेशिनहरु रहेका छन् । जीमहलको गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले कार्तिक ९ गते औपचारीक उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।




