पोषण सम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन कार्तिक १८ गतेदेखि काठमाडौमा सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सम्मेलन कार्तिक १८ देखि २१ गते सम्म काठमाडौंमा हुने जानकारी गराएको हो । सम्मेलनमा ४ वटा प्लेनरी तथा २५ वटा कार्यशाला सत्र हुने जनाइएको छ भने. अन्तिम दिन काठमाडौ घोषणा पत्र जारी हुने आयोगले जनाएको छ ।

सम्मेलनमा बिश्वका बिभिन्न देशका ८० देशका प्रमसख तथा उच्चपदस्थ प्रतिनिधि समेत करिव १ हजार दुई सय सहभागी हुने अपेक्षा गरिएको छ । यस सम्मेलनको नारा पृथ्वी र मानवजाती दुवैलाई पोषित गर्ने रहेको छ । दिगो बिकास लक्ष्य अन्तरगतका कुपोषणका सूचकहरुमा लक्ष्य अनुसार प्रगती प्राप्त गर्न सहकार्य हुने आयोगकी सदस्य डाक्टर उषा झाले बताउनुभयो । नेपालमा मातृशिश पोषणको स्थितीमा सुधार ल्याउन सन २०१३ देखि बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको छ । हाल सम्म बहुक्षेत्रीय पोषण कार्यक्रमहरु सात प्रदेश ६२ जिल्ला र ६१० स्थानीय तहमा पुगेको छ भने स्वास्थ्य क्षेत्रबाट सञ्चालन भएका पोषण बिशेष कार्यक्रमहरु देशैभर बिस्तार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार