नेपाल ई स्पोर्टस् संघको आयोजनमा हुने दोश्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप तथा एक्सपो २०१९ को सम्पूर्ण तयारी पुरा भएको छ ।
कार्तिक ८ र ९ गते भोटाहिटीमा आयोजना हुने ई स्पोर्टस्को सम्पूर्ण तरारी पुरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलनमा बताएको हो । कम्प्युटर र नेटको माध्ययमले खेलिने खेलका नेपाल भरि रहेका खेलाडीहरुलाई एकै छाता मुनि ल्याई खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले विगत बर्षदेखि च्यामिपयनसिप आयोजना गर्दै आएको संघका अध्यक्ष सुरोज डङ्गोलले जानकारी गराए । यसका साथै नेपाली खेलाडीहरुलाई एकै छात्रा मुनि ल्याई प्रतिस्पर्धाका माध्ययमबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय एरिनामा उतार्ने उद्धेश्य रहेको समेत डङ्गोलले बताए ।
नेपाल ई स्पोर्टस् संघले आयोजना गर्ने च्याम्पियनसिपमा डोटा २, सिएसजिओ, पाटन कलेज फिफा, कोसप्ले, फ्रिफायर गरि पाँच बिधामा प्रतिस्पर्धा गराईने छ । डोटा २ मा विजयी खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय ई स्पोर्टस् महासंघले कोरियामा डिसेम्बर ११ देखि १५ तारिख सम्म आयोजना गर्ने ई स्पोर्टस् डोटा २ मा प्रतिस्पर्धा गर्ने छन् । डोटा २ टिममा ५ खेलाडीहरु रहने छन् ।

भृकुटीमण्डपमा कार्तिक ८ र ९ गते हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको छनोट सम्पन्न भई सकेको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम, पाटन कलेज फिफामा २७ खेलाडी र फ्रिफायरमा ८० टिम गरि कुल ४३५ खेलाडीहरुले कम्प्युटर र ईन्टरनेटका माध्यमबाट खेलिने खेलमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिस्पर्धामा डोटा २ मा प्रथम स्थान हात पार्ने टिमले नगद ५० हजारका साथै एक बर्षको ईन्टरनेट र कोरियामा आयोजना हुने ११ औं बिश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोश्रो र तेश्रो हुने टिमले २०÷२० हजार प्राप्त गर्ने छन् । सिएसजिओका विजयी टिमले नगद ५० हजारका साथै एक बर्षको ईन्टरनेट तथा दोश्रो र तेश्रो हुनेले नगद २०÷२० हजार प्राप्त गर्नछन् । पाटन अन्तर कलेज फिफाका बिजयी खेलाडीले नगद १० हजार तथा एक बर्षको ईन्टरनेट र पाटन कलेजमा छात्रबृत्ती प्राप्त गर्ने छन् । दोश्रो र तेश्रो ले नगद ४÷४ हजर प्राप्त गर्ने छन् । फ्रि फायरमा पहिलोले नगद १५ हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार प्राप्त गर्ने छन् । यस्तै कोसप्लेमा विजेताले २० हजारका साथै आईएफआईको पूर्ण छात्रबृत्ती प्राप्त गर्ने र उच्च ८ ले १० हजार प्राप्त गर्ने आयोजकका अध्यक्ष डङ्गोलले बताए ।

नेपालमा नौलो खेलको रुपमा उदाएको यो कम्पुटरको माध्यमबाट खेलिने खेल बिश्व खेल मञ्चमा निकै अगाडी देखि खेलिंदै आएको र करौडौ दर्शकहरुले आनन्द लिईरहेको खेल हो । नेपालमा पनि हाल बालबालिका लगायत करौडौ ब्यक्तिहरु कम्प्युटर खेलमा ब्यस्त रहेका हुन्छन् । तर यसको बिश्व एरिना तथा प्रतिस्पर्धाका रुपमा पनि अगाडी बढि रहेको कमैलाई मात्र ज्ञान छ । त्यस ज्ञानलाई पनि आम जन समक्ष प्रस्तुत गर्ने र यस खेलको विकास र विस्तारमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।
च्याम्पियनसिपमा ८ देखि १० हजार दर्शकले च्याम्पियनसिपको आनन्द लिने समेत आयोजकले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार