पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । पहिलो क्वाटरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वाटरमा भने १६–४ को अग्रता बनाएको थियो । यस्तो तेस्रो क्वाटरमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वाटरमा ८–७ ले पछि परेपनि उपाधिमा कब्जा जमाउन सफल भयो । च्याम्पियनसिपमा आयोजक नेपाल भने चौंथो भएको छ । मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग ३५–२५ ले पराजित भएपछि नेपाल चौंथो भएको हो । नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार