खास्ती नेवा पुचः ले नेपाल संवतका अवसरमा कार्तिक ९ गते बृहत साइकल ¥यालीको आयोजना गर्ने भएको छ । खास्ती नेवा पुचःले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । सरकारले मनाउन गइरहेको नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटन प्रवद्र्धन तथा सर्वसाधारणको सहभागिता तथा ध्यानाकर्षण गराउने अभिप्रायले कार्तिक ९ गतेदेखि १२ गतेसम्म साइकल ¥याली, बृहत सरसफाई लगायत कार्यक्रम आयोजनागर्न लागिएको जानकारी दिएको छ । कार्यक्रम अन्तर्गत कार्तिक ९ गते साइकल ¥याली, कार्तिक ११ गते बृहत सरसफाई सञ्चालन, कार्तिक १२ गते नेपाल संवतका अवसरमा मण्डला बनाउने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, भिन्तुना ¥याली आयोजन ागर्ने तथा सम्मान कार्यक्रम लगायत खास्ती नेवा पुचः का उपाध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न १२ लाख रुपैया लाग्ने संस्थाले अनुमान गरेको छ । त्यस्तै उक्त खर्च हुने रकम बौद्धनाथ क्षेत्र विकास समिति, विभिन्न स्थानीय संघ, संस्था लगायतबाट संकलन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार