ट्राफिक जामको निकै सास्ती भोगिरेहेको काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा नयाँ सुरुङ् मार्ग निर्माण कार्य आजदेखी सुरु हुदैछ । जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋणमा बनाउन लागिएको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले आजै शिलान्यास गर्ने कार्यक्रम छ । योजनाअनुसार काम भए जापानी कम्पनी हाज्मा आन्दो जेभीले साढे ३ वर्षमा यो सुरुङमार्ग सरकारलाई हस्तातरण गर्नेछ र, नागढुंगाको जाम हट्ने विश्वास लिईएको छ । सडक मार्गलाई छोट्याउन नेपालमा सुरुङमार्गको प्रयोग भएको झण्डै एक शताब्दि पछि नेपाल सरकारले पुन सुरुङ्मार्ग निर्माणको कार्य शुभारम्भ गर्न लागेको छ । १०३ वर्षअघि मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेगञ्ज–हेटौंडा सकडखण्डमा राणाहरुले बनाएको ७ सय मिटरको सुरुङमार्गको अहिले भग्नावशेष मात्र बाँकी रहेको छ । अहिले काठमाडौं निजगढ द्रुतमार्गका तीन सहित १६ वटा सुरुङमार्ग अध्ययनका चरणमा रहेका सरकारले जनाएको छन् । सिद्धबाबा, थानकोट–चित्लाङ, कुलेखानी–भीमफेदी, कोटेश्वर–जडीबुटी, टोखा–छहरे–गुर्जुभन्ज्याङ, नयाँ बानेश्वर अन्डरपास, बेत्रावती–स्याफ्रुबेसी, गोदाबरी–मानेचौर, बुटवल–नारायणगढको दाउन्ने उकालो, कैलालीको खुटिया–बीपीनगर–दिपायल, हेम्जा–नयाँपुल, दोलखाको लामाबगर, खुर्कोट–चियाबारी र फास्ट ट्रयाक (महादेवडाँडा र लेनडाँडा ) मा नयाँ सुरुङ मार्ग निर्माणका लागि अध्ययन गरिरहेको छ ।




