पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनि ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर दिपक बरालले भनेका छन्, कि हामी एक साता भित्रमा मैदानमा चपरी विछ्याई सक्ने लक्ष्यमा छौं, अहिलेसम्म मैदानमा ३५ हजार स्क्वायर फिट चपरी बिच्छ्याईसकिएको छ, अव बाँकी चपरी एकैसाथ कोलकत्ताबाट आईपुग्ने छ र हामीले त्यसलाई तत्काल बिच्छ्याउने छौँ । उनका अनुसार ५५ हजार स्वाक्यर फिट चपरी भारतबाट तत्काल आउनेछ । जसका कारण पोखरा रंगशालाको फुटबल मैदानमा पुरै चपरि बिच्छ्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

यसैबिच मैदानसँगै ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे गर्ने तयारी गरिएको छ । कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । कालोपत्रेसँगै ट्रयाकमा सिन्थेटिक राख्ने काम शुरु हुनेछ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ । ट्रयाक कालोपत्रे गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ । गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो । निर्माण कार्यको सरोकारवाला निकायहरुले नियमित निरीक्षण गरिरहेका छन् ।


बरालले अगाडी भनेका छन्, ‘१२ वटा शौचालय निर्माण गरिसकेका छौं । बाँकी ५ वटा पछि निर्माण गरिने छ । स्टिलको ग्राण्ड स्ट्याण्डको लागि आवश्यक फाउण्डेशनको पुर्वाधार पुर्व र पश्चिम तर्फ तयार गरिएको छ । स्टिल मोडुलर सिष्टमको प्यारापिटको आवश्यक सामान भने नोभेम्बर ७ भित्र पोखरा आईपुग्ने छ ।’ उनका अनुसार २२ अक्टोबरमा मलेसियन प्राविधिकहरु पोखरा रंगशाला आईपुग्ने छ । टोलि सम्पूर्ण फाउण्डेशनको काम हेरेर फर्कने छ । पोखरा रंगशालामा २० हजार दर्शक सिट क्षमताको प्यारापिट निर्माण गरिनेछ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा सक्ने बोर्डरलाईन तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार