अष्ट्रेलियामा हालै सम्पन्न भएको दोश्रो सहारा कप २०१९ बाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ । सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा सम्पन्न गरेको उक्त प्रतियोगिताको फाईनल खेलमा टिकटबाट उठेको ७७ हजार ६ सय १० (९९५ अष्ट्रेलियन डलर) पोखराको सहारा क्लवलाई सोमबार पोखरामा हस्तान्तरण गरिएको हो ।
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित सहारा फुटबल एकेडेमीको सहयोगार्थ संकलन गरेको अध्यक्ष थकालीले बताए । उक्त रकम अष्टे«लियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकट को व्यबसथा गरेको हो ।
अष्ट्रेलिया नेपाली फुटबल एसोसियसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा आयोजना गर्दै आएको छ । प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ टिमको सहभागि रहेको थियो । प्रतियोगितामा सेनजोर्ज नेपेलिज फुटबल टिम प्रथम भएको हो । फाईनल खेलमा नेपेलिजले माछापुच्छ्रे एफ.सी. लाई पराजित गर्दै उपाधि सहित २ हजार डलर हात पार्न सफल भएको होे । दोश्रो भएको माछापुच्छ्रे एफ.सी.ले १ हजार डलर नगद पुरस्कार प्राप्त ग¥यो ।




