नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न पाँच देशीय टी–२० क्रिकेट सिरिज खेलेर राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो । यसअघि नेपालले सिंगापुरमा त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । त्रिकोणात्मक सिरिज सकिए लगत्तै नेपाली टिम ओमान प्रथान गएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएपछि नेपाली टिम शुक्रबार नेपाल आईपुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार