नेपाल ओलम्पिक कमिटिका नवनिर्वाचित अध्यक्ष जिवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सदस्य राष्ट्रहरु सवैले सहभागि जनाउने भएको बताए । बुधबार पोखरा रंगशालामा निर्माण हुदै गरेका विभिन्न खेल पूर्वाधारको अध्ययन अवलोकन गर्दै अध्यक्ष श्रेष्ठले प्रारम्भिक चरणमा आफुहरुसंग सागमा सदस्य सवै (७ देशबाट) सहभागि हुने आश्वासन दिएको बताएका हुन्।
विभिन्न चरणको प्रकृया पुरा गरेसंगै कुन कुन देशका कुन कुन खेलमा कति खेलाडी सहभागि हुनेछन त्यसको बारेमा जानकारी हुने भएको उनले बताए । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा (काठमाण्डौं र पोखरामा) हुने १३ औं सागमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, अफ्गानिस्तान, माल्दिप्स र श्रीलङका सहभागि हुने भएका हुन।
संसदको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद समितिका संयोजक समेत रहेका अध्यक्ष श्रेष्ठले सागको लागि आवश्यक पर्ने पुर्वाधारहरु निर्माण गर्ने काम हाल तिव्र गतिमा अघि बढेको बताए । साग हुनु भन्दा धेरै अघि साग लीक्षत खेल पूर्वाधार नसके पनि खेल आयोजना गर्न भौतिक पुर्वाधारको कारणले नरोकिने उनले बददाी गरे । निर्माण कम्पनीहरुले अधिकतम समय प्रयोग गरी दैनिक १८ घण्टासम्म काम गर्न लागेकोले भौतिक पूर्वाधार निर्माण साग अघि नै सम्पन्न हुने उनले विश्वास लिएकाछन् । पुर्वाधारको हिसावले दुई÷चार दिन तल माथि भए पनि साग आयोजना हुने केही दिन अघि नै खेलकुदका भौतिक संरचना निर्माण कार्य सम्पन्न हुने उनले जनाए । उनले भने “हामीले निरिक्षण गर्दा प्रगतिमा काम भएको महशुस गरेका छौं, भौतिक पूर्वाधारको हिसावले साग रोकिदैन भन्ने हाम्रो निष्कर्ष हो । ” सम्बन्धित खेल संघहरुले आवश्यकताको आधारमा सचिबालयमा खेल सामाग्रि सहितका पूर्वाधार ततकाल माग गर्न अध्यक्ष श्रेष्ठले जनाए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सिंगो राष्ट्रको इन्जतसंग जोडिएकोले गौरवको बिषय भएको उनले बताए । उनले भने “सरकारले पनि यसलाई उच्च प्रथामिकता दिएको छ , बजेट तथा नितीमा पनि यसलाई समेटेको छ, संसदको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद समितिले समेत सागलाई चासो दिएको छ । ” समयमै भब्य रुपमा साग आयोजना गर्न उच्च प्रथामिकता दिएर आफ्नो नेतृत्वमा समिति बनेको अध्यक्ष श्रेष्ठले जनाए । आवश्यकताको आधारमा सरकारलाई सुझाव दिने, सहजीकरणको भूमिका निर्वाह गरेको उनले जनाए ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले जे जस्तो जसरी भए पनि अन्तराष्ट्रिय मुल्य र मान्यताका आधारमा नेपालले साग गेम्स आयोजना गर्न सक्ने दाबी गरे । फाष्ट्याकबाटै सार्वजरिक खरिद ऐनलाई समेत कहिन कहि थोरै मर्काएरै काम गर्नुपर्ने अबस्था आएको बताउदै उपाध्यक्ष तिमिल्सिनाले रात दिन लागेर पनि खेलका भौतिक पूर्वाधार निर्माण हुने जनाए । उनले भने “ खेलकुद क्षेत्रमा लाग्ने बर्ग खेलकुदमा लागेको लगावले गर्दा १३ औं साग समयमै हुन्छ, पूर्वाधारको कुरामा नेपाल सरकारको कानुन अनुसार ठेकेदार कम्पनीसंग सम्झौता गरेका छौं, पटक पटक राखेपमा बसेर खबर गरेका छौं । ” साग आउन ६८ दिन बाँकी छदा पूर्वाधारको काम तिव्र गतिमा भएको उनले जनाए । उनले भने “यदि समयमै खेललकुदका भौतिक संरचना निर्माण नगर्दा के हुन्छ भन्ने हामीले निर्माण कम्पनीलाई राम्रोसंग बुझाएका छौं र उनीहरुले समेत बुझ्नु भएको छ । ”
टोलीले पोखरा फुटवल स्टुडिएम, क्रिकेट मैदान, आर्चरी, बहुउद्धेश्य कवर्ड हलको अवलोकन गरेसंगै आर्चरी र ह्याण्डवलका राष्ट्रिय खेलाडीहरुसंग घेटघाट समेत गरेको थियो । टोलीमा सहभागि नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ सहितको टोलीलाई पोखरामा खादा लगायर स्वागत समेत गरिएको थियो । टोलीलाई क्रिकेट मैदानको बारे जिमी गुरुङ, आर्चरीको बारेमा योगेन्द्र शेरचन, ह्याण्डवलको बारेमा जिवन बस्नेतले जानकारी गराएका थिए ।
पोखरा फुटवल स्टुडिएम निर्धारित मितिमै सकिने गरी निर्माण कम्पनीले दैनिक १८ घण्टा र हाल दैनिक एक सय ६० जना भन्दा बढी कामदार लगाएको राखेपका सदस्य राजेश कुमार गुरुङले जनाए । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इ.दीपक बरालले भन्सारमा ३ दिनसम्म दुवो रोकिएको गुनासो गर्दै पानी परेका कारण स्टुडिएम निर्माणमा थोरै प्रभाव परेको जनाए । उनले कुनै पनि हालतमा साग हुनु पुर्व कम्तिमा ८ देखि १० हजार सिट क्षेमताको प्यारपिट सहितको फुटवल मैदान निर्माण गर्ने दाबी गरे । पोखरामा प्याराग्लाइडिङ, ट्रायथलन, भारतोलन, आर्चरी, ह्याण्डवल महिला पुरुष, बिच भलिवल महिला तथा पुरुष हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार