पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरद्धारा आयोजित तेस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब’ भन्ने नाराका साथ यहि ८ देखी ११ गतेसम्म पोखराको नदिपुर स्थित छन्त्याल संघको खेल मैदानमा हुने प्रतियोगिताको आवाश्यक तयारी पुरा भएको संयोजक अनिल गुरुङ्ले बताए । उनका अनुसार पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ प्रदान गरिने छ । यस्तै उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र साथमा नगद रु.३३ हजार ५ सय ५५ प्रदान गरिने छ । त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु.२० र १३ हजार प्रदान गरिने बताए । प्रौढ तर्फको विजेतालाई भने खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ । सेन्टरले अहिले सम्म सयको हाराहारीमा नयाँ खेलाडीहरु उत्पादन गरेको बताएको छ ।




