दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिता आगामी कात्तिक २६ देखी पोखरा रङ्गशालाको क्रिकेट मैदानमा हुने भएको छ ।
प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विज्ञप्ती मार्फत कात्तिक २६ देखी मङ्सिर ७ (नोभेम्वर १२ देखी २३) सम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पहिलो संस्करणमा जस्तै छ शहरका छ फ्रेन्चाइज टिमहरुको सहभागिता रहने बताइन्छ ।डिफेन्डीङ च्याम्पियन पोखरा पल्टनका साथै विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाण्डौ रोयल्स र धनगढी ब्लुजले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रालिका कार्यकारी निर्देशक छुम्वी लामाले बताए ।
प्रतियोगितामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडीका साथै विदेशी चर्चित खेलाडीहरु सहभागि बन्ने बताइन्छ । प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा योगदान पुग्नाका साथै लोकप्रिय खेल क्रिकेट मार्फत नेपाल भ्रमण वर्ष २०२० तथा पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकको रहेको छ ।
सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको गत वर्षको विजेता पोखराले ट्रफी सहित नगद रु. २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु. १० लाख प्राप्त गरेको थियो ।




