संविधान दिवश २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिता शुभारम्भ भएको छ । सविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उदेश्यले विविध कार्यक्रमहरु संगै उक्त प्रतियोगिताको आयोजना गरिएको प्रदेश सरकारले जाएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगीताको उद्घायटन गर्नुभएको थियो । उक्त खेलमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी ५ टिमको सहभागिता रहेको छ । पहिलो र दोस्रो चरणका खेलहरु बुधबार नै सम्पन्न भएका छन् भने राष्ट्र सेवक कर्मचारी र पश्चिमाञ्चल खेलकुद विकास समितिको टिम फाईनलमा पुगेका छन् । फाईनल खेल भोलि बिहान ८ बजे गण्डकी प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय ड्यामसाईड पोखराको खेल मैदानमा हुनेछ ।




