सेभेन ए साईड फुटबल फेडरेसनको आयोजनामा पोखरामा सेभेन ए साईड मिडिया कप फुटबल प्रतियोगीता हुनेभएको छ । यहि असोज ९, १० र ११ गते गरि तिन दिनसम्म पोखरामा उक्त प्रतियोगीताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष नविन पुनले जानकारी दिए । संचारकर्मीहरु बिचमा आत्मियता अभिवृद्धिका साथै सेभेन ए साईड फुटबलको थप विकासमा योगदान गर्ने उद्देश्यले उक्त प्रतियोगीता आयोजना गरिएको महासचिव डिवि नेपालीले बताए । प्रतियोगीतामा प्रथम हुनेलाई नगद रु.४० हजार साथमा ट्रफी मेडल र प्रमाण प्रदान गरिने छ । यस्तै उपविजेतालाई नगद रु.२५ हजार, ट्रफि मेडल र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार रुपैयाँ प्रदान गरिने छ ।




