गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघससस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् । नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो काम गरिरहेको आफुले पाएको बताए । साहारा क्लबको ११ औ अधिवेशनको उद्धघाटन गर्दै मुख्यमन्त्री गुरुङ्ले साहारा क्लव लगायत पोखराका एकाघ संस्थाहरु तुलनात्मक रुपमा सामाजिक रुपमा स्थापित भएका उल्लेख गरे ।
यस्ता संस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन र आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङ्ले बताए । यसअघि हिमालयन आँखा अस्पताललाई ५० लाख र एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको बताएका उनले साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ यसवर्ष २० देखि ३० लाख खर्च उपलब्ध गराउने घोषणा गरेका छन् । अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता रहेको बताए । राम्रो काम गर्ने संघसस्थालाई प्रदेशले अनुदान दिने योजना प्रदेश सरकारको रहेको मुख्यमन्त्री गुरुङ्ले सुनाए । तर, मुलुकमा विद्यमान खेलपुर्वाधारको अभावप्रति उनले गहिरो चासो व्यक्त गरेका छन् । यसको अन्त्यका लागी सरोकारवालाहरु लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।




