पोखरा रंगशाला निर्माणको कार्य तिव्र गतिमा अगाडी बढेको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनले अहिले रंगशाला निर्माणको काम गरिरहेका छन् । रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरिएको गरिएको थियो । रंगशालाको सिभिल तर्फ अहिले करिब ६० प्रतिशत काम सकिएको निर्माण कम्पनिले जनाएको छ । कम्पनिका अनुसार अहिलेका लागी १५ हजार ५ सय दर्शक क्षमताको प्याराफिट सहितको रंगशाला निर्माण हुनेछ । रंगशाला नेपालमा आयोजना हुने १३ औं सागलाई लक्षित गरेर निर्माण कार्य अघि बढाईएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने रंगशालाको चारैतर्फ छानासहितको प्याराफिट हुनेछ ।
यस्तै मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहनेछ । रंगशाला डिजाइन इन विल्ड’ मा नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो । आगामी मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद साग सुरु हुदैंछ । पोखराको रंगशालामा महिला साग फुटबल गर्ने तयारी गरिएको खेल अधिकारीहरुले बताएका छन् । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनेछ । मैदान टर्फ अथवा प्राकृतिक हुनेछ । एथलेटिक्सको लागि ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनेछ । पोखरा रगंशाला ४१७ रोपनीमा फैलिएको छ । रंगशालामा अहिले क्रिकेट, स्वीमिङपुल, सडक, मार्शल आर्ट कभर्ड हल बनाउन बाँकी छ भने आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न भएका छन् । साग गेमलाई लक्षित गरी र्आचरी, कभर्ड हल र टेनिस कोर्टको काम भईरहेको छ । स्क्वासको लागि आवश्यक पुर्वाधार समेत बनाईएको छ ।




