यस बर्षको साहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ पत्रकार सन्देस श्रेष्ठलाई प्रदान गरिएको छ । रेडियो अन्नपूर्ण, नागरिक राष्ट्रिय दैनिक र आर्थिक आवाजमा आवद्ध पत्रकार श्रेष्ठलाई क्लवको २१ औं बार्षिकोत्सवको अवसरमा सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीशुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको रासि नगद रु.२० हजार ५ सय ५५ रहेको छ । झापा घर भएका पत्रकार श्रेष्ठले २०६१ साल देखि पोखरामा पत्रकारिता गर्दै आउनुभएको छ ।

साहारा क्लवका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा रहेको नौ सदस्य प्रतिभा छनौट समितिले पुरस्कारका लागी पत्रकार श्रेष्ठको नाम सिफारिस गरेको थियो । क्लवले वर्षेनी खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ ।
उक्त पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल सम्मानित भइसकेका छन् ।




