प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताको फाइनल खेल स्थगीत भएको छ । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको हो । सोमबार ढोरपाटन क्लबको खेल मैदानमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाले गर्दा स्थगित भएको जनाइएको छ । सोमबार खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक सेट जितेका थिए । खेलमा पहिलो सेट आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो । प्रतियोगितामा गण्डकी प्रदेश भने तेस्रो भएको छ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो । जारी प्रतियोगिताको विजेताले ५ लाख,दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया हात पार्नेछ । स्थगीत फाइन खेल मंगलबार १ बजे हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार