बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीले आयोजना गरेको प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बौद्धशान्ति क्लब रामघाट बनेको छ ।
पुरानो टुडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा गैह्री एफ.सी कस्करीलाई २–१ गोल अन्तरले पराजित गर्दै रामाघाट च्याम्पियन बनेको हो ।
रामघाटको जितका लागि घन तामाङ र बिशन गुरुङले समान १÷१ गोल गरे भने कस्केरीको तर्फबाट राकेश राईले जवाफी १ गोल फर्काएका थिए ।
च्याम्पियन बनेसँगै रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्याे भने उपबिजेता बनेको कस्केरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ मा चित्त बुझायो ।
प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडीका रुपमा रामघाटका त्रिदेब गुरुङ घोषित बने ।
त्यस्तै उत्कृष्ट डिफेण्डरका रुपमा कस्केरीका जोन तामाङ र सोही क्लबकै राकेश राई उत्कृष्ट मिडफिल्डरका रुपमा पुरस्कृत बने भने रामघाटका बिशन गुरुङले प्रतियोगिता अवधिभर ५ गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि र सोही क्लबकै हिमाल गुरुङले उत्कृष्ट गोलरक्षकको हकदार बने ।
गत २१ गते देखी सञ्चालनमा रहेको उक्त प्रतियोगितामा सहभागि ४३ टिमबाट बिजेता र उपबिजेता बन्न सफल टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि सि.जी ब्रोअरी प्रालिका गण्डकी प्रदेश म्यानेजर सुबोध रिसाल, आयोजक संस्थाका अध्यक्ष जिवन बिश्वकर्मा लगायतले पुरस्कार बितरण गरेका थिए ।




