युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलाडीहरुको बिमा नगरी कुनै प्रतियोगीता सञ्चालन हुन नपाउने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ५६ औं बार्षिकोत्वका अवसरमा उहाले यस बर्षदेखि खेलाडीको बिमा नगराई कुनै पनि प्रतियोगीता हुनै नसक्ने बताउनुभएको हो । उहाले खेलाडीको कदरका लागी सरकार प्रतिवद्ध रहेको भन्दै आगामी बर्ष खेल क्षेत्रमा निकै परिवर्तन हुने बताउनुभयो । उहाले खेलकुद सम्बन्धी कानून तर्जुमा भइरहेको भन्दै खेलको बिकासका लागी सकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । राज्यले प्राथमिकतका आधारमा स्रोत साधनको अभिबृद्धि गरि खेल क्षेत्रको बिकास गर्ने उहाको भनाई छ । उहाले खेल क्षेत्रमा देखिएका बिसंगतिहरुपनि बिस्तारै हट्दै जाने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार