नेपाल खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले एक समारोहविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे । उनले प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सरकारले प्रदेश १ लाई स्पोर्टस् हव बनाउने बताए । त्यसका लागि प्रदेशले ४० करोड छुट्याएको र ईटहरी रङ्गशालाको लागि एक करोड छुट्याएको बताए । पूर्वाञ्चलले ब्याडमिन्टनमा नम्बर एक खेलाडीहरुका साथै थुप्रै खेलाडी उत्पादन गरि सकेको भन्दै प्रदेश नं. एक खेलकुदलाई प्रार्थमिकतामा राखेर अगाडी बढ्ने बताए । मुख्य मन्त्री राईले आजै ब्याडमिन्टन कभर्डहलको उद्घाटन गरेका थिए ।
ईटहरीले यस अघि पनि यस प्रतियोगितालाई सञ्चालन गरिसकेको छ । सातौं संस्करण पनि ईटहरीलेनै आयोजना गरेको थियो ।
सोही उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का मन्त्री जीवन घिमिरेले यति ठुलो प्रतियोगिता पूर्वाञ्चलमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित प्रतियोगिताको सफलताको कामना गरे । उनले प्रदेश सरकार खेलकुद विकासका लागि सदा तत्पर रहने बताए ।
प्रतियोगितालाई शुभकामना ब्यक्त गर्दै पूर्व सदस्य सचिव केशव कुमार बिष्टले ईटहरी रङ्गशालामा परिणत गर्नु पर्ने भन्दै एकै क्षेत्रमा विभिन्न खेलका मैदान र कभर्डहल भएको खेल क्षेत्र ईटहरी भएको बताए । उनले त्यसका लागि आफ्नो कार्यकालमा ७ करोड निकासा गरेको र त्यति रकमले मात्र यति ठुलो संरचना तयार गर्न असम्भव रहेको भन्दै ईटहरीबासीलाई संरचना निर्माणमा गरेको सहयोगका लागि धन्यवाद प्रदान गरे ।
एपिएफका राष्ट्रिय च्याम्पियन दिपेश धामी र सेनाका रत्नजित तामाङ्ग जित निकाल्दै अगाडी बढेका छन् । उच्च १६ बरियताका खेलाडीविचको पुरुष एकलको पहिलो खेलमा दिपेशले बि १ समूहमा बाँकेका ईरफान अन्सारीलाई २१ । १४, २१ । १४ ले पराजित गरे । अत्याधिक गर्मिका कारण खेलका दौरान असहज महसुस गरेका रत्नले समूह ए मा कठिनताका साथ एपिएफका गौतम सिंह कठायतमाथि १९ । २१, २१ । ९ र २१ । १४ को जित निकाले । यस्तै उनले एपिएफका सुमन लिम्बुमाथि २१ । १०, २१ । १३ को जित निकाले । समूह ए कै अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५ । २१, २१ । १९ र २१ । १४ ले पराजित गरे । समूह बिको अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१ । ११, २१ । १५ ले पराजित गरे । यसैगरि पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१ । १६, २१ । ९ ले पराजित गरे । यस लिग बाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको टुङ्गो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ ।
उच्च बरियताका १६ खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराए ।
सोही क्रममा समूह ए मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१ । १८, २४ । २२ ले, समूह सीका भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१ । १७, २१ । १४ ले तथा समूह डीमा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले । पहिलो सेटलाई २१ । १९ ले आफ्नो पक्षमा पारेका बिष्णुले दोश्रो सेटमा ७ । १२ को अवस्थामा खेल परित्याग गरेका थिए । उनलाई खेलकै दौरान ज्वरो आएकाले खेल परित्याग गरेका थिए ।
ईटहरी रङ्गशालाभित्र अत्याधिक गर्मि बढेका कारण खेलाडीहरुले असहज परिस्थितीकाविच पनि आफ्नो खेल कौशलतालाई प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।
यसै गरि उच्च १६ बाहेककाविच खेलाईएको पुरुष एकलमा सेनाका आयुष्मान नगरी, कैलालीका अमृत चौधरी, जेष्ट ब्याडमिन्टनका अनिष खतिवडा, बाँकेका रियाज अन्सारी, जाजरकोटका राजु भँडेल, ललितपुरका ससिन डङ्गोल र दैलेखका खगेन्द्र बहादुर सिंह आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरण प्रवेश गरेका छन् । पहिलो चरणबाट दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, जाजरकोटका सि.पी. घर्तीमगर, एपिएफका प्रियान्सु सिंह क्षेत्री, जाजरकोटका नारायण भँडेल, पुलिसका गौरव दाहाल, काठमाण्डौका प्रतिक अर्याल, एपिएफका ईन्द्र बहादुर महता, सूर्खेतका सुजित कार्की, कैलालीका जे.बि. साउद, सेनाका गोकुल जोरा, ईलामका अजित नेम्वाङ्ग, पुलिसका पूर्ण बहादुर थापा, कैलालीका योगेश थापा, एपिएफका पेम्बा शेर्पा, ललितपुरका रदिप महर्जन, कैलालीका देवराज राना, सूर्खेतमा अनिल मल्ल, सेनाका दिवस शंकर, बुढासुब्बा ब्याडमिनटन एकेडेमीका अजय चौधरी, झापाका प्रनिश सिंह ठकुरी, रुपन्देहीका किरण बिष्ट, खोटाङ्गका समन राई र जेष्ट ब्याडमिन्टनका अर्जून तामाङ्ग रहेका छन् ।
यस्तै यु – १७ छात्र तर्फ खोटाङ्गका अलिस दङ्गाल, कैलालीका जैबी साउद, सलकपुरका मुनाहाङ्ग राई, कञ्चनपुरका हिमाल चन्द, बाँकेका शिब सुनार, दाङ्गका सुरज गुप्ता, मोरङ्गका आवाज ओडारी, सेनाका डेभिड थापा मगर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, दाङ्गका सफिक ईद्रिसी, सप्तीका विनय चौधरी र सनिल चौधरी तथा खोटाङ्गका कञ्चन श्रेष्ठ पहिलो चरण पार गर्दै दोश्रो चरणमा पुगेका छन् ।((




