राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले आगामी मंसिर एक गते भित्र पोखराको फुटवल स्टुडिएमको निर्माण कार्य सम्पन्न हुने बताएकाछन्। सहारा एकेडेमीको अवलोकन पश्चात आइतबार पोखराका केही पत्रकारहरुसंग संक्षिप्तमा कुराकानी गर्दै उनले साग लक्षित हुने गरी कार्तिक एक गते भित्र सक्ने गरी पहिलो चरणमा १० हजार सिट क्षेमताको फुटवल स्टुडिएम निर्माण हुने बताएका हुन्।
पोखरा फुटवल स्टुडिएमको ट्याक एण्ड फिल्डको सामान विदेशबाट पोखरा तर्फ आउदै गरेको सदस्य सचिव शिल्वालले बताए । साग अघि १० हजार क्षमताको लागि मात्र निर्माण हुने भएको उनले बताए । २० हजार दर्शक क्षमताको प्यारापिट हाल नभ्याउने भएकोले साग पछि पुनः १० हजार क्षमताको दर्शक क्षमतामा बृद्धि गरी २० हजार दर्शक क्षमतामा पुराउने आफुहरुको लक्ष्य रहेको सदस्य सचिव शिल्वालले बताए । सागको प्रशिक्षणमा रहेका खेलाडीहरुको लागि अत्यावसेक खेल सामाग्रि उपलब्ध गराएको उनले दाबी गरे । उनले भने “ खेल सामाग्रि अभावले गर्दा कुनैै खेल रोकिएको छैन्, सामान्य केही कुराको अभाव भयो होला, खेलाडीहरुले माग गरे जति हामीले एकै पटक उपलब्ध गराउन नसकेका हौला । ”

पोखरामा धेरै कुराको सम्भावना भएकोले व्यडमिन्टन र महिला क्रिकेट समेत हुने सम्भवत भएको उनले बताए । आफ्नो इन्जिनियरिङ टोलीलाई १० दिन अघि देखि डिपिआर बनायर अघि बढ्ने गरी तयारी गर्न लागेको बताउदै सदस्य सचिव शिल्वालले पोखरामा थोरै लगानीबाट उक्त खेल हुने प्रवल सम्भावना भएको जनाए । विधि र प्रकृयाले गर्दा बजेट निकासामा केही ढिलाई भएको जनाउदै उनले छिट्टै पैसा निकासा भएमा दुई महिना भित्र आवश्यक भौतिक संरचना निर्माण हुने दाबी गरे । पोखरामा प्याराग्लाइडिङ, ट्रायथलन, भारतोलन, आर्चरी, ह्याण्डवल महिला पुरुष, बिच भलिवल महिला तथा पुरुष हुने भएको सदस्य सचिव शिल्वालले बताए ।



