राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षण आईतबार सम्पन्न भएको छ । ठमेलस्थित मर्साङ्गदी होटलमा भएको कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरुलाई नेपाल पाराओलम्पिक संघकी अध्यक्ष एवं ३ नं प्रदेशकी साँसद, नेपाली काँग्रेसकी सचेतक राधा घलेले प्रमाण पत्र प्रदान गरिन् । नेपालमा पारा महिला पावरलिफ्टीङ्ग खेलाडी उत्पादन गर्ने उद्धेशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म सैद्धान्तिक तथा प्रयोगात्म प्रशिक्षण लिएका थिए । प्रशिक्षार्थीहरुलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेकी थिईन् । यस प्रशिक्षणबाट आफुहरुले निकैनै ठुलो ज्ञान हासिल गरेको भन्दै यसले नेपालमा पावरलिफेटीङ्ग खेल त्यसमा पनि बिशेषत महिलाहरुलाई आकर्षित गर्दै अन्तराष्ट्रिय एरिनामा नेपाललाई पहिचान गराउन सफल हुने सहभागीहरुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार