पोखरामा स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्धेश्यले पोखराको बगालेटोलमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको जिमहल र फुटसल हालै संचालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र) सहितको युवा तथा खेलाडीहरुको लगानीमा स्पोटर्स क्यासल हालै संचालनमा आएको हो । ७ जनाको लगानीमा हालै संचालनमा आएको उक्त क्यासलको एक समारोहका बिच शनिबार गण्डकी प्रदेशका कार्यवहाक मुख्य मन्त्री किरण गुरुङले उद्घाटन गर्दै स्वस्थ्य नागरिक उत्पादनमा यस्ता जिमहल तथा फुटसल आवश्यक भएको बताए । प्रदेशको आर्थिक समृद्धिको लागि सरकारले निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको उनले जनाए । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले समाजमा हुने विकृतिलाई निरुत्साहित पार्न यस्ता खेल गतिविधिमा लगानी गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखराका हरेक टोलमा फुटसल हुनु खेलकुद गतिविधिको लागि राम्रो भएको बताए । नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले दिगो विकासको लागि खेल गतिविधि आवश्यक भएको बताए ।
उक्त अवसरमा हालै इन्डोनेसियामा सम्पन्न भएको १८ औं एसियाली खेलकुदमा प्याराग्लाईडिङबाट रजत पदक विजेता नेपाली टोलीका प्रशिक्षक योगेश भट्टराईलाई सम्मान गरिएको छ । का.वा.मुख्य मन्त्री गुरुङ, संचालक चन्द्र गुरुङ सहितको टोलीले उनलाई सम्मानपत्रको साथमा दोसला ओढायर सम्मान गरेका हुन् । पुर्व खेलाडी चन्द्र सहित नेपाल पुलिसका पुर्व फुटवल खेलाडी (गोलरक्षक) बिशाल श्रेष्ठ, कास्की जिल्ला फुटवल संघका कोषाध्यक्ष विजया गुरुङ, फुटसलका राष्ट्रिय कोच तथा सहारा क्लवका प्रशिक्षक विजय गुरुङ, जनप्रिय बहुमुखी क्याम्पस बीबीए चौथो बर्षमा अध्ययनरत अनमोल पालिखे, युवा व्यवसायी दीलीप कार्की र पवन गुरुङको उक्त स्पोटर्स क्यासलमा लगानी रहेको छ । २० देखि ४२ बर्ष उमेर समुहका व्यक्तिहरुको सामुहिक प्रयासमा पोखरामा युवाहरुलाई लक्ष्ति हुने गरी उक्त जिमहल, फुटसल संचालनमा ल्याएका हुन् ।

करिब साँढे ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्पोटर्स क्यासलमा क्यान्टिन, पार्किङ, सौचालय एवं बाथरुम, लकरको राम्रो व्यबस्था गरिएको संचालक चन्द्रले बताए । करिब ६ करोड लगानी रहेको उक्त क्यासलले जाडो मौसम सुरु भएसंगै साउना र स्टीम बाथ सेवा संचालन गर्ने भएको छ । क्यासलले पोखरेलीको माग अनुसार केही बर्षमा सुइमिङ पुल समेत स्ंचालनमा ल्याउने योजना रहेको अर्को संचालक अनमोल पालिखेले जनाए । मिस्टर पोखरा नरजन गुरुङ(म्याक्स), युवराज गुरुङ र ओमिसा घिसिङले हाल जिमहलमा प्रशिक्षण समेत गराउने भएको पालिखेले जनाए । उक्त क्यासलमा हाल नेपाली राष्ट्रिय ह्याण्डवलको टोलीलाई प्रशिक्षण गराउन फुटसल मैदान उपलब्ध गराउदै आएको संचालक चन्द्रले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार