भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् ।
भुटानसँगको खेलमा नेपालका लागि कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक÷एक गोल गरेका थिए ।

खेलको पाँचौ मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा निराजनले गोल गरे । यस्तै खेलको ४८औँ मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरी नेपाललाई ३–० को अवस्थामा पु¥याए ।
खेलको ७५औँ मिनेटमा अशिमले, ८५औँ मिनेटमा क्रिसले तथा अतिरिक्त समयमा सुगमले गोल गरी नेपाललाई ६–० गोलको सहज जित दिलाएका थिए ।
यस्तै भुटानसँगको खेलमा भारतका लागि हिमांशु जान्ग्राले तीन तथा शुभो पलले एक गोल गरेका थिए ।
पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछिका तीन खेलमा नेपालले श्रीलङ्का, बंगलादेश र भूटानलाई पराजित गरेको थियो । भारत भने अपराजित रहँदै फाइनल पुगेको हो ।



