तुर्कीमिनिस्तानलाई हराउँदै कीर्गिस्तान एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा कीर्गिस्तानले तुर्की्मिनिस्तानलाई तीन शुन्यको सोझो सेटमा हरायो । लगन खेल स्थित आर्मीको कोर्टमा भएको खेलमा कीर्गिस्तानले तुर्की्मिनिस्तानलाई २५–१८, २५–१७ र २५–२२ सोझो सेटमा हरायो । पहिलो सेट देखि नै दबाव सिर्जना गरेको कीर्गिस्तानले पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेटमा पनि तुर्कीमिनिस्तानलाई खेलमा फर्कन नदिदै कीर्गिस्तानले २५–१७ ले आफ्नो पक्षमा पार्यो । तेस्रो तथा अन्तिम सेटमा पनि कीर्गिस्तान तुर्कीमिनिस्तानमाथि हावी हुँदै २५–२२ ले जित्न सफल भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार