पोखरा महानगरपालिका भित्र रहेका संस्थागत तथा सामुदायीक विद्यालयहरुको सहभागीतामा दशौँ संस्करणको “लिटिल स्टेप छात्र तथा छात्रा ह्याण्डबल प्रतियोगीता २०७६” हुनेभएको छ । कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको शारीरिक, मानसिक एंव बौद्धिक विकासका खातिर प्रतियोगीताको आयोजना गरिएको लिटिल स्टेपका संस्थापक निर्देशक शेरबहादुर गुरुङ्ले जानकारी दिनुभयो । यहि भाद्र ५ देखी ७ गतेसम्म विद्यालयको खेलमैदानमा हुने उक्त प्रतियोगीतामा दुई दर्जन भन्दा धेरै समुहहरुको सहभागीता रहनेछ ।

उहाँका अनुसार निजिस्तरबाट पनि खेलकुदको विकासमा योगदान गर्ने, ह्याण्डबललाई विद्यालय स्तरबाटै प्रवद्र्धन गरि राष्ट्रब्यापी बनाउने, खेलकुदको माध्यमले बालबालिकाहरुमा थप अनुसासनको विकास गर्ने, खेलकुद मार्फत बालबालिका पर्ने सकारात्मक प्रभाव अभिभावकहरुलाई बोध गराउने र कुनैपनि प्रकारका प्रतियोगीताहरुमा बालबालिकाहरुलाई सहज रुपमा सहभागी हुन सक्ने आत्मविश्वास अभिवृद्धि गर्ने लगायतका उद्देश्य प्रतियोगीताले लिएको छ ।
प्रतियोगीतामा पोखरा क्षेत्रका विभिन्न विद्यालयहरुको तर्फबाट छात्रतर्फ २१ टिम र छात्रातर्फ ११ समुहको सहभागीता रहनेछ । प्रतियोगीतामा प्रथम हुने छात्र तथा छात्रा समुहलाई नगद सहित ट्रफी र मेडल लगायतका पुरस्कारहरु प्रदान गरिनेछ । शिक्षाको विकासका लागी समेत खेलकुद आवाश्यक रहेको बोध गरेका आयोजकले यसअघि पनि उक्त प्रकृतिको प्रतियोगीताका ९ वटा संस्करणहरु सफलता पुर्वक सम्पन्न गरिसकेको जनाएको छ ।




