समाज सेवामाक्रियाशिललामा अमृत फाउण्डेशन घान्द्रुकलेभदौको तेस्रो सातादोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिलातथा भेट्रान्स भलिबलप्रतियोगिताआयोजनागर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”भन्ने नाराका साथआगामी १७ देखी २१गते सम्मपोखराको नदिपुरकोकर्पाकेली समाज घर स्थित खेल मैदानमाप्रतियागिताआयोजनागर्न लागेकोसोमबार आयोजितपत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । प्रतियोगिताको खेल संयोजकअनिल गुरुङले पुरुषतर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ६० हजारप्रदानगरिनेबताए ।उनकाअनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ४० हजार प्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको बिजेतार उपबिजेताटिमलाई क्रमशशिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २० र १४हजार प्रदानगरिने बताए । उनकाअनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्तगर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाटउत्कृष्ट खेलाडीतथाबिद्यागत रुपमा पुरस्कृतगरिने जानकारी दिदै पुरुषतर्फ दर्ता शुल्क रु ५ हजार र महिलातथा भेट्रान्स तर्फ २ हजार ५ सय निर्धारण गरिएको बताए । पत्रकार सम्मेलनमाबोल्दै फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले सामाजिक सेवामानिरन्तर लागेर समाज रुपान्तरणमा भुमिका खेल्दै आएकोबताए । प्रदेश सरकारले खेलकुदको केन्द्र बनाउननीति सहितलागिहेकोले थप टेवा पु¥याउने उद्देश्य सहितप्रतियोगिताको आयोजना गरेको जानकारी दिए । प्रतियोगितागाउँकुनामा लुकेर रहेका प्रतिभावान खेलाडीहरुका लागि सुवर्ण अवसर बन्ने बिश्वास समेत ब्यक्त गरेका थिए । प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।




