नेपालीहरुको महान पर्व विजया दशमी पर्व अघि नै पोखरा रंगशालामा भारतको कलकोक्ताबाट दुवो ल्याई पोखरा रंगशालाको निमार्णाधिन फुटवल मैदानमा रोपिने भएको छ । पोखराको वातावरण अनुकुल हुने गरी भारतको कलकोक्ताबाट दशैं पर्व अघि नै दुवो ल्याइ पोखरा रंगशालाको निर्माण हुदै गरेको फुटवल मैदानमा रोपिने भएको निर्माण कम्पनीका हरि बाबु न्यौपानेले बताए । उनले भने “पोखरा रंगशालाको फुटवल मैदान भरीका लागि बर्मोडा ग्रास भारतको कलकोक्ताबाट ल्याउनेको लागि अग्रिम बुकिङ समेत गरिसेकाछौं । ” उक्त फुटवल मैदान निर्माणको अन्तिम घडिमा आर्टिभिसियलबाट नेचुरल फुटवल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकुल हुने गरी भारतको कलकोक्ताबाट दुवो ल्याउने भएको उननले जनाए । नेपालको वुटवलमा र भारतको कलकोक्तामा हेरिएको दुवो मध्य प्राविधिक र वातावरणिय हिसावले कलकोक्ताको दुवो पोखरामा अनुकुल हुने भएकोले गर्दा उक्त दुवो ल्याउने भएको निर्माण कम्पनीका न्यौपानेले जनाए । उत्त दुवो भारतबाट कार्पेट जसरी रोलिङ गरेर ल्याउने र त्यसै गरी मैदानमा विच्छाउने भएको न्यौपानेले बताए । करिब डेढ महिना अघि नै उक्त दुवो पोखरा रंगशालाको फुटवल मैदानमा विच्छाउने जुन दुवो एक÷डेढ महिना पछि आफै मैदानमा सर्ने भएको उनले बताए । उक्त दुवो गाडीमा लोड गरेको चौथो दिनसम्म मैदानमा विच्छाउनु पर्ने अन्यथा दुवो मर्न सक्ने न्यौपानेले जनाए । दशैं पर्व अघि नै दुवो विच्छाउने तयारी भएको उनले जनाए । आगामी डिसेम्बर १ देखि १० तारिख अर्थात १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने भनिएको महिला फुटवल प्रतियोगिताको लागि आफुहरुले फुटवल स्टुडिएम निर्माण गरी दिन सक्ने गरी हाल निर्माण कार्य द्रुत गतिमा अघि बढेको न्यौपानेले जनाए । पोखरा रंगशालाको हाल फाउण्डेसनको काम भएको उनले बताए ।


उक्त प्रोजेक्ट आफुहरुको लागि अग्नी परिक्षा नै भएको दाबी गर्दै न्यौपानेले भेनु परिवर्तनको कुरा जो कसैले अब नगर्न आग्रह गरे । तोकिएको मितिमा आफुहरुले कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने उनले दाबी गरे । उनले भने “अहिलेको जस्तो सवै क्षेत्रबाट चिन्ता र चासो भई दिएको भए हामीलाई काम गर्न धेरै सहज हुने थियो, हामीलाई विना डिपिआर काम गर्न लगाईयो पछि आर्टिफिसियलबाट नेचुरल मैदान बनाउन निर्देशन दिईयो यस्ता कारणले गर्दा हामीलाई केही कठिनाई अवश्य पर्छ । ” डवल लग सिस्टममा निर्माण हुने उक्त प्यारापिटको आवश्यक सामाग्रि पोखरामा ल्याएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने भएको उनले दाबी गरे । उनले भने “ यसमा नट वोल्ट कस्नुपर्ने हुदैन, डवल लग सिस्टम भएकोले एक अर्कोसंग अन्तरसम्वन्ध हुन्छ, नेपालगन्जमा हालै निर्माण भएको प्यारापिट भन्दा फरक किसिमको हामीले पोखरामा बनाउदैछौं ।” कुनै पनि हालतमा महिला फुटवल खेल पोखरामा संचालन हुने गरी आवश्यक फुटवल मैदान सहितको प्यारापिट तयार गर्न आफुहरु कटिवद्ध भएको निर्माण कम्पनीका न्यौपानेले दाबी गरे । उनले भने “ हाम्रो कम्पनीको लागि यो एउटा अवसर हो हामीले कुनै पनि हालतमा साग गेम हुनु भन्दा केही दिन अघि सम्पूर्ण रुपमा फुटवल मैदान सहितको अन्तराष्ट्रिय प्यारापिट निर्माण गरी दिन सक्छौं, यसमा अब कसैले चिन्क्ता र चासो लिनु पदैन्। ” राज्यको लागि उक्त मैदानको अन्य विकल्प भए पनि आफुहरुको लागि भने त्यसको विकल्प कुनै ठाउँ नभएकोले आफुहरुले रात साझँ गरेर भए पनि निर्धारित समयमा निर्माण कार्य सकेर साग गेम्स संचालनको वातावरण दिलाउन सक्ने उनले जनाए ।


राखेप सदस्य सचिव रमेश शिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासंग आफुहरुले वचन समेत दिएकोले तोकिएको मिति भित्रै उक्त योजना सक्ने आफुहरु कटिवद्ध भएको न्यौपानेले जनाए । उनले भने “भेनु परिवर्तन गर्ने कुनै कुरा नसोचौं, मेरो लागि यो गर्नु अपराध हो ।” आर्टिफिसियल फुटवल मैदान निर्माण गर्ने भनि गिटी विच्छायरर काम अघि बढेको अबस्थामा पुनः उठाउदा आर्थिक भार बढेसंगै निर्माणमा केही ढिलाई भएको उनले प्रतिकृया दिए । ६ महिना अघि नै गेम्स हुन्छ र मेन्टीनेन्ट कस खर्चिलो हुन्छ भन्ने कुराको आधारमा आर्टिफिसियल बनाउने कुरामा सहमत भएको उनले जनाए ।  एन्फा कास्कीले गत बर्ष करिब फुटवल मैदान निर्माण गर्न करिब १० लाख भन्दा बढी खर्च भएकोले हरेक बर्ष उक्त बजेट जुटाउन कठिन हुने अबस्थाको आधारमा पनि आफुहरुले आर्टिफिसियल मैदान निमाृण गर्न दिएको सुझाव पहिलो मान्य भएको पछि एकाएक परिवर्तन हुन गएको उनले गुनासो गरे । सदस्य सचिव र मन्त्रीले प्राकृति रुपमै फुटवल मैदान आवश्यक पर्छ भनि दिएको निर्देशन अनुसार हाल नेचुरल फुटवल मैदान निर्माण गर्न लागि परेको कम्पनीले जनाएको छ । भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा निमार्ण गर्न लागेको हो । एक अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षेमताको फुटवल प्यारापिट निर्माण हुने भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा फुटवल दर्शक धेरै भएको हुनाले दर्शक क्षमता २० हजार सम्म पुराउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार