पोखरा महानगरपालिका वडा नं. १४ स्थित मेरो नेपाल युवा क्लबले बडा दसैँको अवसर पारेर आउँदो असोद १० गतेदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ५ औँ संस्करणको रुपमा आयोजना हुने सो क्लबस्तरीय खुल्ला प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार, उपविजेताले रु. ७५ हजार तथा बाँकि दुई सेमी फाइनल पुग्ने टिमले जनही रु. दश–दश हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाबाट बचत हुने रकमले स्थानीय क्षेत्रमा सामुदायिक व्यायामशालाको निर्माण गरिने कुरा उपाध्याक्ष तथा कार्यक्रम संयोजक एकेन्द्र कुंवरले बताए । प्रतियोगिताको तयारी स्वरुप शनिबार डाकिएको वडास्तरीय बृहत भेलाले मुल आयोजक समिति, विशेष समिति लगायतका विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ । प्रतियोगिता आयोजनाको विशेष समितिमा अमरप्रसाद ढुंगाना, बोधराज बराल, बटुकृष्ण कुंवर, मथुराप्रसाद पौडेल, किरण पौडेल, महेश कार्की, दिवस कुंवर र एकेन्द्र कुंवर चयन भएका छन् । भेलाले अर्थ समितिमा विकास कार्की, प्रचार विभागमा पृथ्वी कुंवर, मञ्च व्यवस्थापनमा नवीनराज बराल, कार्यक्रम तयारीमा कमलराज ढुंगाना, टिम व्यवस्थापनमा महेन्द्र कुंवर, स्वयंसेवक परिचालनमा ज्ञानबहादुर सिके, मैदान व्यवस्थापनमा हरि थापा, प्राथमिक उपचारमा सरिता थापा, सत्कारमा अशोक खाती, जलपान तथा यातयातमा रामचन्द्र नेपाली, संघसंस्था परिचालनमा सविना क्षेत्री, संस्कृतिक कार्यक्रम तयारीमा तनुजा थापालाई संयोजक चयन गरेको छ। अन्य सबै उपसमितिहरुका संयोजक र सदस्यहरूसमेत चयन भएको कुरा क्लबका अध्यक्ष दिवस कुंवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार